Logo

गणेश मन्दिर तोडफोड गरिएको भन्दै महासङ्घद्वारा आपत्ति



Spread the love

२२ साउन, काठमाडाैँ । पाकिस्तानको पञ्जाब प्रान्तस्थित भोङ बजारमा रहेको गणेश मन्दिरमा बिहीबार भएको तोडफोडप्रति सनातन धर्म महासङ्घ नेपालले भत्र्सना गरेको छ ।

कुनै पनि धर्मावलम्बीले शान्तिपूर्ण तरिकाले आफ्नो धर्म संस्कृतिको अवलम्बन गर्न पाउने अन्तरराष्ट्रिय मान्यताको सम्मान गर्न पाकिस्तान सरकारलाई महासङ्घले आग्रह गरेको छ । गणेश मन्दिरमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही गर्न महासङ्घले जोडदार माग गरेको प्रवक्ता राजन अधिकारीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै पाकिस्तानमा भइरहेको जबरजस्ती धार्मिक आस्था परिवर्तनविरुद्ध कानून बनाई तत्काल लागू गर्न माग गरिएको उनले बताए ।

पाकिस्तानमा पटकपटक अल्पसङ्ख्यक समुदायमाथि आक्रमण भइरहेको हुँदा आउँदा दिनमा यस किसिमका घटना दोहोरिन नदिन, अल्पसङ्ख्यक समुदायलाई संरक्षण गर्न र आफ्नो धार्मिक आस्था प्रकट गर्न सकिने वातावरण बनाउन पाकिस्तान सरकारसँग महासङ्घले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्