२६ साउन, उदयपुर । प्रेमीको घरमा गएर प्रेमिकाले आत्महत्या गरेकी छन् । उदयपुरको त्रियुगा नगरपालिका–३ मा ठाँडी प्रेमीको घरमा गएर प्रेमिकाले आत्महत्या गरेकी हुन् ।
सोही ठाउँका विष्णु देव पंजियार र वेलका नगरपालिका–२ करहैयाकी सावित्रा कुमारी चौधरी ‘महावती’ प्रेम सम्बन्धमा थिए । उनीहरूबीचको प्रेम सम्बन्ध चिसिन थालेपछि प्रेमीकाले आत्महत्या गरेकी हुन् ।
उनी साउन २३ मा विष्णुदेवको घरमा गएकी थिइन् । त्यसको भोलीपल्ट उनले बलोमा सलले पासो लगाएर आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले विष्णु देव पंजियारलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्