२७ साउन, काठमाडाैँ । कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएसँगै कलाकार दीपकराज गिरीले खुसी व्यक्त गरेका छन् । तत्कालीन केपी ओली सरकारले कुलमानको पुनः नियुक्ति गर्नुपर्छ भनेर आजाव उठाउने कलाकारमध्ये गिरीपनि एक थिए ।
गिरीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कुलमानको नियुक्तिको निर्णय जनप्रिय भएको बताएका छन् । राम्रो काम गर्दा ढिलै भएपनि पाइन्छ भन्ने सन्देश गएको पनि उनको भनाइ छ ।
गिरीले स्वतन्त्र नागरिकको हैसियतले आफुले सरकारको नराम्रो कामको आलोचना र राम्रो कामको तारिफ गर्ने गरेको समेत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्