Logo

प्युठानमा खोलाले बगाएर ७५ वर्षीय वृद्ध बेपत्ता



Spread the love

३२ साउन, प्युठान । प्युठानमा खोलाले बगाएर ७५ वर्षीय वृद्ध बेपत्ता भएका छन् । जिल्लाको गौमुखी गाँउपालिका – २ अर्खा बस्ने अन्दाजी ७५ वर्षीय तन बहादुर सुनारलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

घरबाट आफ्नो गोठ जाने क्रममा सोमबार मध्यान्ह १२ बजेको समयमा स्थानिय घट्टे खोलाले बगाएको हो । प्रहरी र स्थानिय मिलेर बेपत्ता वृद्धको खोजिकार्य जारी राखीएको प्युठान प्रहरीको भनाई रहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्