Logo

न्यायाधीश रेग्मीले कुलमान घिसिङ विरूद्ध परेको मुद्दा हेर्ने



Spread the love

२ भदाै, काठमाडाैँ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरूद्ध परेको रिटको सुनुवाइ आज हुँदैछ । प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले साउन ३२ गते सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए ।

उनले दर्ता गरेको निवेदनको पेशी न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ । पूर्व कार्यकारी निर्देशक शाक्यले आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै पुनर्बहालीको माग गरेर सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् ।

अघिल्लो सरकारले शाक्यलाई ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्