Logo

३ दिनदेखि हराइरहेकी प्रियंका घर नजिकैको खोलामा मृत फेला



Spread the love

२ भदाै, जनकपुर । तीन दिनदेखि हराइरहेकी प्रियंका भुजेलको शव फेला परेको छ । साउन ३१ गतदेखि हराइरहेकी सर्लाहीको लालबन्दी नगरपालिका– १७ की प्रियंकाको शव कालिन्जोर खोलामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयले प्रियंकाको बलात्कारपछि हत्या गरिएको आशंका गरेका छन् । तर, प्रहरीले भने यस घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।

मृत भेटिएकी प्रियंकाको हत्यामा शंलग्न भएको आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्