Logo

राष्ट्रपति भण्डारीले जारी गरिन् अध्यादेश



Spread the love

२ भदाै, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । मंगलबार मन्त्रिपरिषदको बैठकले राष्ट्रपति समक्ष सिफारिस गरेको उक्त अध्यादेश बुधबार राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।

बुधबार राष्ट्रपतिले जारी गरेको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले यस्तो अध्यादेश जारी भए प्रतिवाद गर्ने चेतावनी दिएको थियो । प्रतिपक्षसहित सत्तापक्षका नेताहरूले पनि अध्यादेशको विरोध गरिरहेका छन् ।

सत्तारूढ नेपाली कांग्रेसका नेतादेखि गठबन्धनको पार्टी जनता समाजवादीका शीर्ष नेता बाबुराम भट्टराईले पनि संसद छलेर ल्याएको अध्यादेशको विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्