Logo

अन्ततः टुक्रियो एमाले, माधव नेपालको अध्यक्षतामा दर्ता हुने भयो नयाँ पार्टी, यो हुनेछ नाम



Spread the love

२ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी, नेकपा एमाले टुक्रिएको छ । बुधबार एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले अधिकारीक रूपमा टुक्रिएको हो ।

माधव कुमार नेपालको अध्यक्षतामा गठित नयाँ दलको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । सो पार्टीको चुनाव चिन्ह भने खुला किताब राखिएको छ ।

नयाँ पार्टीका नेता मेटमणी चाैधरीले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिइसकेको बताएका छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । मंगलबार सरकारले सिफारिस गरेको सोही अध्यादेश बमोजिम नेकपा टुक्रिएको हो ।

उक्त अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्