Logo

माधव नेपाल पक्षलाई बाबुराम भट्टराईले दिए बधाई



Spread the love

३ भदाै, काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माधव कुमार नेपाल पक्षलाई बधाई दिएका छन् । एमालेबाट टुक्रिएर नयाँ पार्टी दर्ता गरेपछि भट्टराईले नेपाल पक्षलाई बधाइ दिएका हुन् ।

बधाई दिँदै भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘ढिलै भएपनि आफैंले बनाएको तर थोत्रिइसकेको पुरानो घर छोडेर नयाॅ घर बनाउने अभियानमा लाग्नुभएका र साथीहरूलाई वधाइ तथा शुभकामना! पार्टीहरू फुट्नु सामान्यत:राम्रो मानिन्न तर पुरानोको ध्वंस विना नयॅा निर्माण हुन्न।अहिलेको टुटफुट नयाॅ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस!’

प्रतिक्रिया दिनुहोस्