Logo

एउटै मञ्चमा प्रचण्ड, माधव र बाबुराम



Spread the love

३ भदाै, काठमाडाैँ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।

बिहीबार समाजवादी केन्द्र नेपालले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गर्न लागेको ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयमा प्रमुख अतिथिको रूपमा प्रचण्ड, विषेश अतिथिको रूपमा बाबुराम भट्टराई र विषेश अतिथिको रूपमा माधव कुमार नेपालले सम्बोधन गर्न लागेका हुन् ।

उक्त कार्यक्रममा वामदेव घिमिरेद्वारा लिखित ‘कृषि र समाजवाद’ पुस्तकको विमोचन समेत हुने जनाइएको छ ।

माधव कुमार नेपालको अध्यक्षतामा बुधबार नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनको अध्यक्षतामा नेकपा एमाले समाजवादी पार्टी दर्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्