Logo

अब ओलीको पक्षमा लागेर केही गर्न सकिँदैन : बामदेव गाैतम



Spread the love

३ भदाै, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माधव नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने बताएका छन् । पार्टी एकता अभियानको जुम मिटिङलाई सम्बोधन गर्दै नेता गौतमले बिहीबार यस्तो बताएका हुन् ।

पार्टी एकता अभियानलाई तीव्र बनाउँदै नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीलाई सहयोग गर्ने उनले बताएका हुन् ।

उनले भनेका छन्, ‘ओलीको पक्षमा लागेर केही गर्न सकिदैन । अब हामीले विद्रोहबाट अर्कोपक्षभन्दा शक्ति आर्जन गरेर पार्टी एकतामा जोड दिन्छौं।’

प्रतिक्रिया दिनुहोस्