Logo

उड्दै गरेको प्लेनबाट खसेर १९ वर्षीय फुटबल खेलाडीको मृत्यु



Spread the love

४ भदाै, एजेन्सी । अफगानिस्तानमा उड्दै गरेको अमेरिकी सेनाको विमानबाट खसेर युवा फुटबल खेलाडीको मृत्यु भएको पुष्टि भएको छ ।

काबुलको विमानस्थलबाट उड्दै गरेको प्लेनबाट खसेका व्यक्ति १९ वर्षीय फुटबलर जान्की अन्वारीको मृत्यु भएको अफगानी अधिकारीहरूले पुष्टि गरेका हुन् ।

उनले अफगानिस्तानको राष्ट्रीय टोलीबाट फुटबल समेत खेलेका थिए । उनीबारे थप जानकारी सार्वजनिक गरिएको छैन ।

तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रण गरेर सत्ता कब्जा गरेपछि धेरै मानिसहरू अफगानिस्तान छोड्न हतारिएका छन् । सोही मध्येका एक अन्वारी पनि थिए ।

उनी अमेरिकी सैनिकको प्लेनको ल्याण्डिङ गियरमा बसेका थिए । तर, त्यहाँबाट खसेर उनको मृत्यु भयो ।

प्रतिक्रिया दिनुहोस्