Logo

कक्षा ११ र १२ का विद्यार्थीलाई आजदेखि भेराेसेल खाेप लगाइँदै, कहाँ-कहाँबाट लगाउन पाइन्छ ?



Spread the love

४ भदाै, काठमाडाैँ । काठमाडाैँमा आजदेखि कक्षा ११ र १२ सँगै परीक्षाका लागि प्रवेश पत्र लिएका विश्व विद्यालयका विद्यार्थीले कोरोना विरूद्धको खोप लगाउन पाउने भएका छन् ।

१८ वर्षमाथिका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन पाउने स्वास्थ्य कार्यालय काठमाडाैँले जनाएको छ । यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि खोप दिइने छ ।

स्वास्थ्य कार्यालय काठमाडाैँका अनुसार आजदेखि आइतबारसम्म खोप लगाउन सकिनेछ ।

यी स्थानबाट लगाउन पाइन्छ खोप

सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, राधास्वामी आइसोलेशन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल रत्नपार्क तथा निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वर, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, थापाथली, शिक्षण अस्पताल, महाराजगञ्ज र काठमाडौ महानगरपालिकाका ३२ वटा वडा तथा आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्रमा गएर खोप लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्