Logo

कोरोना संक्रमितको उपचारका लागि नयाँ पद्धतिले पायो अनुमति



Spread the love

४ भदाै, एजेन्सी । अष्ट्रेलियामा कोरोना भाइरस संक्रमितको उपचारका लागि नयाँ पद्धतीलाई अनुमति दिइएको छ । कोरोना संक्रमित भएपछि जटिल अवस्था उत्पन्न हुनबाट रोक्नका लागि अष्ट्रेलियामा नयाँ औषधीको प्रयोग गर्न लागिएको हो ।

अष्ट्रेलियाको स्वास्थ्य नियामक निकाय, थेरोपेटिक गुड्स एडमिनिस्ट्रेशनले शुक्रबार एन्टिबडी उपचार पद्धति प्रयोग गर्नका लागि अनुमति दिएको हो ।

यसै महिनाको सुरूवातमा स्वास्थ्यमन्त्री ग्रेग हन्टले ‘ड्रग सोट्रोविमाब’का लागि नेशनल मेडिकल स्टकपाइलमा ७७०० डोज सुरक्षित राखिएको घोषणा गरेका थिए ।

अष्ट्रेलियन सरकारका अनुसार कोरोना संक्रमितको उपचारमा यो पद्धति अपनाउँदा अस्पताल भर्ना हुने दर र मृत्यु हुने दर ७९ प्रतिशतसम्म घट्नेछ ।

मन्त्री हन्टले यो औषधी कोरोना संक्रमितको उपचारका लागि महत्वपूर्ण औजारको रूपमा डाक्टरहरूले प्रयोग गर्न सक्नेछन् ।

पछिल्लो समय अष्ट्रेलियामा कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्