Logo

शुक्रबार सस्तियो सुनको मूल्य, कति छ आजको भाउ ?



Spread the love

४ भदाै, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य सस्तिएको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य ४०० ले सस्तिएको हो ।

नेपाली बजारमा साताको अन्तिम दिन छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुन मूल्य प्रतितोला ९० हजार ७०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

त्यसैगरी, शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोलामा १५ रूपैयाँले वृद्धि भएको छ । १५ रूपैयाँको वृद्धि भएसँगै नेपाली बजारमा चाँदी प्रतितोला ११ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्