Logo

माधव नेपालको पार्टीको नाम फेरियो, के हो नयाँ नाम ?



Spread the love

४ भदाै, काठमाडाैँ । माधव कुमार नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । शुक्रबार राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् ।

यसअघि ‘नेकपा एमाले समाजवादी’ राख्ने भनेर दिएको निवेदनमा अब ‘नेकपा एकीकृत समाजवादी’ राखिने भएको छ । यसअघि नेपालले प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै आयोगले अस्वीकार गर्न सक्ने भन्दै नाम फेरिएको बताइएको छ ।

पार्टीको नाम फेरिएता पनि चुनाव चिन्हको बारेका अझै निर्णय भइनसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्