Logo

फेरिए बागमती प्रदेशका प्रमुख, ओली सरकारले नियुक्त गरेका प्रसाईलाई पदमुक्त



Spread the love

काठमाडाैँ । बागमती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हु्न् ।

यस्तै राष्ट्रपतिले केपी ओली सरकारले नियुक्त गरेको विष्णु प्रसाद प्रसाईलाई पदमुक्त गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै संविधानको धारा १६३ को उपधारा २ बमोजिम संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको जानकारी दिएको छ ।

संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख अनुसार प्रसाईलाई पदमुक्त गरेको पनि राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्