Logo

नेपाल आइडलका सबै निर्णायक परिवर्तन्, अब को-को हुन्छन् निर्णायक ?



Spread the love

४ भदाै, काठमाडाैँ । रियालिटी शो ‘नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । यस शोको चाैथो सिजनका लागि पछिल्ला ३ सिजन निर्णायक रहेका सबै जना परिवर्तन भएका हुन् ।

पछिल्ला ३ सिजनमा न्यूह बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा निर्णायक थिए ।

अब चाैथो सिजनमा गायक शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान निर्णायकका रूपमा रहनेछन् ।

नेपाल आइडलले चौथो सिजनका लागि डिजिटल अडिशन सुरू भइसकेको छ ।

सिजन ३ सम्मका निर्णायक न्यूह बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्