Logo

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले लिए सपथ



Spread the love

१० भदाै, काठमाडाैँ । नेकपा एमालेका नेता भीम आचार्यले प्रदेश नम्बर–१ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । केहीबेर अघि उनले मुख्यमन्त्री पदको सपथ समेत लिएका छन् ।

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले उनलाई शपथ गराएका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ५१ सांसद छन् । नेता आचार्यले प्रदेशसभाको सबैभन्दा ठूलो दलको दलका नेताको हैसियतमा सपथ लिएका हुन् ।

बिहीबार मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएपछि आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्