Logo

काबुल विमानस्थलको विस्फोटमा मृत्यु हुनेको संख्या ६० पुग्यो, अमेरिकाले दियो यस्तो चेतावनी



Spread the love

११ भदाै, एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको विमानस्थलमा भएका २ ठूला विस्फोटमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

बिहिबार राती भएको बिस्फोटमा परी अमेरिकाका १३ सैनिक सहित ६० जनाको मृत्यु भएको जानकारी दिइएको छ ।

बिस्फोटमा परेर आफ्ना सैनिकको मृत्यु भएपछि अमेरिकाले विस्फोट गराउनेसँग बदला लिने बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोट गराउन संलग्न हुनेसँग खोजी खोजी बदला लिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्