Logo

म्यानचेस्टर युनाइटेडमा फर्किए रोनाल्डो



Spread the love

११ भदाै, एजेन्सी । पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लबमा अनुबन्धित भएका छन् । युनाइटेड छोडेर गएको ११ वर्षपछि रोनाल्डो पुनः युनाइटेड फर्किएका हुन् ।

सन् २००९ मा स्पेनिस क्लब रियल मड्रिडमा गएका रोनाल्डो २०१८ मा इटालियन क्लब युभेन्टसमा अनुबन्धित भएका थिए । त्यहाँ उनले तीन सिजन बिताउँला सिरी एमा १०१ गोल गरेका छन् ।

म्यानचेस्टर युनाइटेडबाट करियरमा ठूलो फड्को मारेका रोनाल्डो रियल मड्रिडमा उत्कृष्ठ ९ सिजन बिताएर युभेन्टस गएपछि करियरको अन्तिम समयमा पुनः युनाइटेड नै फर्किएका छन् ।

यसभन्दा अघि म्यानचेस्टर सिटी जाने हल्ला चलेता पनि अन्तिममा सिटीले हात झिक्दा रोनाल्डो युनाइटेड नै फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्