Logo

काठमाडाैँबाट आउँदै गरेको हाइस भीरबाट खस्यो



Spread the love

१९ भदाै, काठमाडाैँ । अर्घखाँचीमा हाइस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । शनिबार काठमाडाैँबाट अर्घाखाँची आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा–३ को बरबोटमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–९ का अन्दाजी ३२ बर्षीय सञ्जय बिक रहेका छन् ।

अर्घाखाँचीका जिल्ला प्रहरीले हाइस भीरबाट करीब १०० मिटर तल खसेको जानकारी दिएको छ । उक्त दुर्घटनामा ११ जना घाइते भएका छन् भने २ को अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्