Logo

बलात्कार आरोपित मन्त्री शाही भन्छन्: पाँच करोडको योजना नदिँदा भिडियो सार्वजनिक गरियो



Spread the love

१९ भदाै, काठमाडौं । बलात्कार आरोपित कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले ५ करोडको योजना दिन नसकदा दुई वर्षअघिको भिडियो सार्वजनिक गरिएको आरोप लगाएका छन् । उनले दुई वर्षको अवधिमा पीडित भनिएकी महिलाका पतिले विभिन्न ठाउँबाट आफ्नो नाम बेचेर ४२ लाख ५० हजार रुपैयाँ लिएको पनि बताएका छन् ।

मन्त्रीले सार्वजनिक गरेको अडियोमा भनिएको छ, ‘आफू मन्त्री भएपछि पीडित महिलाका पतिले ५ करोडको योजना मागेको थियो भनेर आजको नागरिकले लेखेको छ । योजना नहाल्दा दुई वर्षअघिको भिडियो सार्वजनिक गर्यो । स्वकीय सचिव नबनाएको झोकमा पनि भिडियो बाहिर आएको हो ।’

प्रतिक्रिया दिनुहोस्