Logo

१९ वर्षीया किशोरी कांग्रेसको वडा समिति सभापतिमा निर्वाचित



Spread the love

१९ भदाै, दैलेख । १९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा समिति सभापतिमा निर्वाचित भएकी छिन् ।

दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ को वडा सभापतिमा कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरीसमेत रहेकी १९ वर्षीया स्वस्तिका महत निर्वाचित भएकी हुन् ।

कांग्रेसले पछिल्लो समय युवाहरुलाई नेतृत्वमा ल्याउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्