Logo

माधव नेपाल खान गएका पञ्जाबका लङ्गुरका झुण्डजस्तै हुन् : ओली



Spread the love

१९ भदाै, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई खानका लागि गएका पञ्जावका लङ्गुर बाँदरका झुण्ड जस्तै भएको भन्दै व्यंग्य गरेका छन् । अध्यक्ष ओली शनिबार राजधानीमा भएको पार्टीको कार्यक्रममा बोल्दै माधव नेपाल पदका लागि मात्रै पार्टीबाट बाहिरिएको बताएका छन् ।

उनले भने–‘कतिले भन्ने गरेका छन् एमाले फुटेको छ टुटेको छ, अझै ठुलो भुँइचालो जानेछ भनेर आस गरेका छन् । अहिले पाटी फुटेको हैन, पार्टीमा बिग्रिएकाहरू जो विगतदेखि नै पार्टीमा अनेक झमेला गर्दै आएका थिए ती चोइटिएका मात्र हुन् । यिनीहरू पञ्जावका लङ्गुर बाँदरका झुण्ड जस्तै हुन् । खानका लागि गएका झुन्ड हुन् । हाम्रो पार्टीबाट जानेहरूले कहिल्यै पाटीभित्र वैचारिक लडाइँ गरे ? नीति सिद्धान्त बिचारका केही फरक छ ? खाली मलाई यो पुगेन त्यो पुगेन भनेको छ ।’

ओलीले पार्टी नफुटेको बरु विगतदेखि झमेला गर्दै आइरहेका केही तत्त्व बाहिरिएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्