Logo

२ प्रकारका लाइसेन्स दिन सुरू, कसले कस्तो पाउँछन् ?



Spread the love

२० भदाै, काठमाडाैँ । यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको जानकारी दिए ।

विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो । उनले भने, “अहिले यातायात व्यवस्था विभागको कार्यालय, काठमाडौँको एकान्तकुना र महोत्तरीको बर्दिबासबाट परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको छ । अब यसप्रकारको सवारी चालक अनुमतिपत्र वितरण कार्य १९ वटै यातायात व्यवस्था कार्यालयबाट गर्ने तयारी भइरहेको छ ।”

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्