Logo

आज ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कति छ बजार भाउ ?



Spread the love

२० भदाै, काठमाडाैँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । गत हप्ता मिश्रित कारोबार भएको बजार यो हप्ता भने सकारात्मक रूपले सुरू भएको छ ।

आइतबार नेपाली बजारमा सुन प्रतितोलामा ६०० रुपैयाँले वृद्धि हुँदै प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै चाँदी पनि प्रतितोलामा ३५ रूपैयाँले महंगिएको छ ।

आइतबार नेपाली बजारमा चाँदी प्रतितोला १२३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्