Logo

कुलमान घिसिङविरूद्ध परेको मुद्दा प्रधानन्यायाधीश जबराले हेर्ने



Spread the love

२० भदाै, काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइका लागि पेसी तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्तिविरुद्ध रिट निवेदन दायर गरेका थिए । उनले आफुलाई गैरकानुनी रूपमा हटाएर कुलमान घिसिङलाई प्रमुख कार्यकारी नियुक्त गरेको दाबी गरेका छन् ।

शाक्यले रिटमा कुलमान घिसिङलाई हटाएर आफुलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्न माग पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्