Logo

बसीबसी तलब खाने नेपाल रेल्वे कम्पनीका १ सय ५१ कर्मचारी बर्खास्त



Spread the love

२० भदाै, काठमाडाैँ । नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर रेल सञ्चालनको सुनिश्चता नहुँदै दैनिक ज्यालादारीमा नियुक्त गरिएको कर्मचारीलाई हटाएको छ । रेल सञ्चालन अनिश्चित बन्दै गएको र भएका कर्मचारीको कुनै काम नभएको अवस्थामा तलब दिएर कम्पनीले आर्थिकभार थेग्न नसकिने भन्दै दैनिक ज्यालादारीमा भर्ना गरिएका कर्मचारीलाई हटाएको हाे ।

तत्कालीन नेपाल रेल्वे कम्पनीका महाप्रन्धक गुरु भट्टराईले पदबाट हटने निश्चत भएपछि हतारहतारमा एक सय ५१ जनालाई कर्मचारीमा भर्ना गरेका थिए । तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि रेल्वेको महाप्रन्धकमा नियुक्त भएका निरञ्जनकुमार झाले ती कर्मचारीलाई हटाएका हुन् ।

नेपालन्युजमा यो समाचार छ ।

प्रतिक्रिया दिनुहोस्