Logo

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन प्रस्तुत



Spread the love

२० भदाै, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ । भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन आज पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आजै नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्