Logo

काठमाडाैँका सिडिओ फेरिए, को भए नयाँ सिडिओ ?



Spread the love

२२ भदाै, काठमाडाैँ । काठमाडाैँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । मंगलबार गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट पराजुलीलाई हटाएर गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यसअघिका सिडिओ कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा तानिएको बताइएको छ ।

रिजाल विगत ४ महिनादेखि गृहमन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । रिजाल गृह प्रशासनका अनुभवी प्रशासकका रूपमा चिनिन्छन् ।

रिजाल यसभन्दा अघि जाजरकोट, सल्यान, कैलाली, दाङ, रौतहट र मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्