Logo

कोरोना अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु



Spread the love

२४ भदाै, एजेन्सी । कोरोना अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । उत्तरी म्यासेडोनियाको कोरोना अस्पतालमा अागलागि हुँदा १० जनाको मृत्यु भएको बिबिसीमा उल्लेख छ ।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा अस्पतालमा आगो लागेको र आकाशमा धुवाँ उडेको देखिएको छ । उक्त अस्पताल टेटोभोको मुख्य सडक नजिकै छ ।

अग्नि नियन्त्रकहरूले करीब १ घण्टाको प्रयासपछि अागो नियन्त्रणमा लिन सफल भएका थिए । त्यहाँका स्वास्थ्य मन्त्री भेन्को फिलिप्सले मृतकको संख्या बढ्नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्