Logo

कार्यकर्ता होइन हामी नै बिग्रेका रहेछौँ : प्रचण्ड



Spread the love

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष माओवादी पार्टीका शीर्ष नेताहरु बिग्रिएको टिप्पणी गरेका छन् । पेरिसडाँडामा पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७औं स्मृति दिवस बोल्दै अध्यक्ष प्रचण्डले जनता तथा कार्यकर्ताहरू नभएर पार्टीकै शीर्ष नेताहरू बिग्रिएको बताएका हुन् ।

उनले भने, ‘जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’

उनले पार्टीले आन्दोलनमा जाने भनेपछि जुर्मुराएर लाखाैँको संख्यामा कार्यकर्ताहरू सडकमा आउन तयार रहेको पनि बताएका छन् । उनले क्रान्तिकारी पार्टीमा नराम्रोसँग विचलन आएको धारणा पनि व्यक्त गरेका छन् ।

‘हामी हिजोका विरासतबाट विचलित जस्तो भएका छौँ । वर्ग, उत्पीडित जाति, समुदायका लागि सम्पूर्णरुपले समर्पित भएर बलिदान दिन तयार हुने पार्टी पंक्तिमा विचलन आएको छ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्