Logo

मेयरलाई मुक्का प्रहार गर्ने व्यक्ति एमाले कै कार्यकर्ता !



Spread the love

४ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयरलाई आफ्नै पार्टीका कार्यकर्ताले मुक्का प्रहार गरेका छन् । सोमबार बिहान बाढीले क्षति पुर्याएको स्थानमा अवलोकनका लागि पुगेका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गरिएको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार मेयर सुवेदीलाई मुक्का प्रहार गर्ने व्यक्ति अनेरास्ववियुका जिल्ला कमिटी सदस्यसमेत रहेका गणेश पंगेनी हुन् ।

पंगेनीले पहिरो पिडितका समस्यालाई बेवास्ता गरेको र कामभन्दा अवलोकनमै ध्यान दिएको भन्दै मुक्का हानेको बताएका छन् ।

भदाै १३ गते पहिलोर खसेपछि बुटवलको ज्योतिनगरका करीब २ दर्जन घरमा क्षति पुगेको थियो । त्यहाँ सोमबार पनि पहिरो गएर थप ९ घरका क्षति पुर्याएको बताइएको छ ।

मेयर सुवेदी एमाले रुपन्देही जिल्ला कमिटीका अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्