Logo

कार दुर्घटनामा नायिकाको मृत्यु



Spread the love

५ असोज, एजेन्सी । मराठी नायिका ईश्वरी देशपाण्डेको कार दुर्घटनामा मृत्यु भएको छ । भारतको पुणेमा बस्ने ईश्वरी र उनका साथि शुभम डेगेको गोवामा कारसहित पानीमा डुबेका कारण मृत्यु भएको हो ।

सोमबार भारतीय प्रहरीले उनीहरूको शव उत्तरी गोवाको अरपोरा इलाकामा पानीमा डुबेको कारमा फेला पारेको थियो ।

मृतक ईश्वरीको मराठी फिल्म प्रदर्शनको तयारीमा थियो ।

२५ वर्षीय नायिका तथा उनका २८ वर्षीय साथी शुभम डेगेको मृत्युको विषयमा गोवा प्रहरीले यी दुई चढेको कार तीब्र गतिमा भएको र यो अनियन्त्रित भएपछि पानीमा खसेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्