Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,१५०,६३१
संक्रमित
४२,५६९,४६६
निको भएका
३१,४६९,०३१
नेपालमा कोरोना भाइरस
मृत्यु
८४२
संक्रमित
१५५,२३३
निको भएका
१०८,३३४

बुद्धको जन्मस्थल प्रवेश गर्ने टिकट नै नक्कली भेटिएपछि..



आर्थिक विवादमा मुछिदै आएको लुम्बिनी विकास कोष यसपटक नक्कली टिकट विवादमा परेको छ ।

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर प्रवेश गर्ने टिकट नै नक्कली फेला परेको छ ।

मन्दिर प्रवेशका लागि कोषले लुम्बिनी संरक्षण शुल्कबापत तेस्रो मुलुकका नागरिकलाई प्रतिव्यक्ति दुई सय रुपैयाँको टिकट तय गरेको छ ।

फागुन २७ गते थाई पर्यटक मायादेवी मन्दिर प्रवेश गर्ने क्रममा टिकट जाँच गर्दा नक्कली भएको खुलेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

समाचारमा भनिएको छ, कोषका कर्मचारी, टिकट जाँच गर्ने सुरक्षा निकायको मिलेमतोमा नक्कली टिकटबाट पर्यटक मायादेवी मन्दिरमा प्रवेश गर्दै आएको स्थानीयको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्