Logo

सर्पले टोकेर एक वर्षमा करीब २००० को मृत्यु



Spread the love

६ असोज, एजेन्सी । नाइजेरियामा हरेक वर्ष सर्पको टोकाइबाट करिब दुई हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । यहाँका एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार त्यती बाहिर नआएको यस किसिमको स्वास्थ्य समस्याको बारेमा जागरुकता अपनाउन आवश्यक छ ।

हालै सम्पन्न एक अन्तरराष्ट्रिय सर्पदंश जागरूकता दिवसको उपलक्ष्यमा मंगलबार जारी एक वक्तव्यमा नाइजेरियाका स्वास्थ्य राज्यमन्त्री ओलोरुनिम्बे मामोराले १ हजार ७०० देखि दुई हजार मानिसहरूको सर्पदंसको उपचारको क्रममा एउटा खुट्टा वा हात काट्नु परेको बताएका छन् ।

सर्पदंसको उपचारमा प्रयोग हुने खोपको व्यवस्थापनको कार्य नाइजेरियाको ग्रामीण भेगमा निकै जटिल बनेको छ ।

विशेषतः कोबरा वा नाजा निग्रीकोलिस, पफ एडर वा बिटिस एरियटन्स, र कार्पेट वाइपर वा इचिस ओसेलेटस नाइजेरियामा पाइने सर्पका मुख्य प्रजाति हुन् । यीमध्ये पनि कुल टोकाइको ९० प्रतिशत र कुल मृत्युको ६० प्रतिशत कार्पेट वाइपरको टोकाइका कारणबाट हुने गरेको अध्ययनले देखाएको छ ।

सर्पदंसबाट प्रायः गाउँका महिला, किसान र बालबालिका प्रभावित हुने गरेका छन् । मुख्य गरी खेती लगाउने र स्यार्ने समयमा सर्पदंसका घटना बढ्ने गरेको पाइएको छ ।

अध्यधिक वर्षाले सर्पको बासस्थानमा प्रभावित पारेको र सर्पदंस विरुद्धको खोपको अभावले हालैका दिनमा यसबाट हुने मृत्युदर बढेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै बीच नाइजेरियामा हैजाका कारण वर्षेनी दुई हजार ४०० जनाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्