Logo

मन्त्री छान्न माओवादी केन्द्रको बैठक बस्दै



Spread the love

६ असोज, काठमाडाैँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार दिउँसो ३ बजेका लागि माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको हो ।

उक्त बैठक माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन् ।

आजको बैठक माओवादी केन्द्रबाट मन्त्री बन्ने नेताहरू चयन गर्नका लागि बोलाएको बताइएको छ ।

काग्रेस सभापति शेर बहादुर देउवाले सरकारको नेतृत्व गरेको ७० दिनसम्म पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । देउवा सरकारमा अहिले जम्मा ५ जना मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्