Logo

सारी बेरिएर मोटरसाइकल दुर्घटना हुँदा लक्ष्मीको मृत्यु



Spread the love

११ असोज, बैतडी । मोटरसाइकल दुर्घटना हुँदा बैतडीमा आइतबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ की ५० वर्षीय लक्ष्मी साउँद रहेकी छन् । पञ्चेश्वर गाउँपालिका–१ का वडा सदस्य परमल सिंह घटालले चलाएको सुपप्र ०१ ००३ प २६६१ मोटरसाइकल पञ्चेश्वर गाउँपालिका–३ गोगनपानीमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

“मोटरसाइकल पल्टिँदा सो मोटरसाइकलमा सवार लक्ष्मी गम्भीर घाइते भएकी हुन्”, ओझाले भने, “सामानसहित दुईजना मोटरसाइकलमा सवार रहेका बेला एक्कासि लक्ष्मीको सारी मोटरसाइकलमा बेरिएर लडेको र ढुङ्गामा टाउको ठोक्किएको थियो ।” घाइते लक्ष्मीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक लक्ष्मीको शव केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा राखेर घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्