Logo

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक



Spread the love

११ असोज, काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज साँझ ४ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

आज बस्ने मन्त्रिपरिषद बैठकले दल विभाजनसम्बन्धी अध्यादेश खारेजको निर्णय गर्ने भएको हो ।मन्त्रिपरिषदको निर्णय लगत्तै अध्यादेश खारेजको सिफारिस राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी भएको स्रोतले जनाएको छ।

गत साउन २ गते सरकारले अध्यादेश ल्याएको थियो । संविधान अनुसार संसदको अधिवेशन सञ्चालनमा आएको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्