Logo

संसदमा आज पनि एमालेकाे अवरोध, बैठक ५ दिनका लागि स्थगित



Spread the love

१४ असोज, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेपछि प्रतिनिधिसभा बैठक ५ दिनका लागि स्थगित भएको छ । माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको हो ।

बैठक सुरु हुनासाथ सधैँझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका थिए । बैठकमा सभामुख अग्नी सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज बारेको पत्र पढेर सुनाएका थिए।

त्‍यस्तै, बैठकमा प्रधानमन्‍त्री देउवाका तर्फबाट कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीकको ५८औं वार्षिक प्रतिवेदन २०७८ पेस गरेका थिए।

उक्त प्रतिवेदन पेशपछि सभामुख सापकोटाले बैठक १९ गते मंगलवार दिनको १ बजेसम्मका लागि स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्