Logo

विद्युत प्राधिकरणलाई जथाभावी इन्टरनेटको तार नकाट्न दूरसञ्चारको चेतावनी



Spread the love

१७ असोज, काठमाडौँ। नेपाल दूरसञ्चारको प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने व्यवस्था मिलाउन विद्युत प्राधिकरणलाई आग्रह गरेको छ । प्राधिकरणले देशका विभिन्न स्थानमा जथाभावी अप्टिकल फाइवर काटी दिँदा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको भन्दै दूरसञ्चारले सूचना जारी गरि आग्रह गरेको हो ।

प्राधिकरणले एक विज्ञप्ति जारी गरी इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल र नेपाल विद्युत् प्राधिकरणबीच पोल भाडा दर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालबीच छलफल गरी विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा अप्टिकल फाइबर नकाट्न आग्रह गरेको छ। कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दूरसञ्चार ऐन २०५३ अनुसार दण्डनीय हुने व्यवस्था छ,’ सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्