Logo

देशभर थपिए १०३० कोरोना संक्रमित, १० जनाको मृत्यु



Spread the love

१८ असोज, काठमाडौँ। देशभर १०३० जनामा कोरोना संक्रमित थपिएका छन् । हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा कुल ७ लाख ९८ हजार ४ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९२ हजार २५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा १ हजार जना निको भएका छन् भने थप १० जनाको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्