Logo

पूर्वयुवराज पारस शाहको घरमा चोरी



Spread the love

१८ असोज, काठमाडाैँ । पूर्वयुवराज पारस शाहको घरमा चोरी भएको छ । पोखरामा उनले भाडामा लिएको घरबाट सामान चोरी भएको हो ।

उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ । प्रहरीले उक्त आरोपमा काठमाडाैँको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्ने व्यक्ति पारस शाहको घरमा काम गर्ने कामदार नै भएको बताइएको छ । उनले पोखरबाट चोरेर विभिन्न सामान काठमाडाैँ ल्याएको पाइएको छ ।

उनले क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी गरेको बताइएको छ ।

प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्