Logo

ईपीएल – प्लेअफमा काठमाडौँ, डिफेन्डिङ च्याम्पियन ललितपुर प्रतियोगिताबाट बाहिर



Spread the love

१९ असोज, काठमाडौँ। एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबारको काठमाडौँ किंग्स ११ र भैरहवा ग्ल्याडीएटर्सले एकएक अंक बाँडेका छन्। गय राति लगातार भारि वर्षापछि मैदान नसुकेको हुदाँ टस समेत नभई खेल रद्द भएको हो।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं प्लेअफ पुगेको छ भने डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्स भने काठमाडौं समान अंक रहे पनि नेट रनरेटमा पछि पर्दै लिग चरणबाटै बाहिरिएको छ ।

बुधबार बिहान ९:३० बजे हुने पहिलो क्वालीफायरमा चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन्। उक्त खेल जित्ने टिम फाइनल पुग्नेछ।

यस्तै, भोलि दिउँसो हुने इलिमीनेटरमा भैरहवा ग्ल्याडीएटर्स र काठमाडौँ किंग्स ११ वीच खेल हुनेछ। उक्त खेलमा विजयी हुने टिमले पहिलो क्वालीफायरको विजेता टिमसंग फाइनल प्रवेशको लागि बिहिबार प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्