Logo

छोरा नजन्माएकै आरोपमा दोस्रो विवाह गर्ने एक श्रीमान कारबाहीमा



Spread the love

12295506_1679208085656676_2564619058360781132_nपहिलो श्रीमती बाट छोरा नजन्मीएको भन्दै दोस्रो विवाह गर्ने सल्यान जिल्ला वाफुलोला गाविस वडा नं. ३ दोभान बजार निवासी ५० बर्षिय टिकाराम कामीलाई कारबाही गरी जेठी श्रीमतीलाई न्याय दिलाईएको छ ।

बाफुखोला गाविस भित्रका विभिन्न सामाजिक कार्यमा अग्रसर रहदै आएको शक्तिशाली महिला विकास बहुउद्येश्य सहकारी सस्थाको सक्रियतामा टिकाराम कामीलाई कारबाही गरिएको हो । कारबाही स्वरुप जेठी श्रीमतीलाई श्रीमानको  नामको आधा अशं र नगद रु २ लाख रुपैयाँ प्रदान गरिएको छ ।

वाफुखोला गाविस स्थित विभिन्न राजनैतिक दल, समाजसेवी, नागरिक समाज लगाएतको सक्रियतामा टिकाराम कामीलाई कारबाही गरिएको हो ।

शक्तिशाली महिला विकास सहकारी सस्थाकी अध्यक्ष कल्पना खत्रीले गाविस भित्र नैतिक पतनका काम गर्ने जो कोहीलाई पनि कारबाही गरेरै छाड्ने र अन्य कार्य सँगै विशेष गरी महिला अधिकारको क्षेत्रमा आफुहरुले काम गर्ने जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्