Logo

ईपीएल – काठमाडौंलाई हराउँदै दोस्रो क्वालिफायरमा पुग्यो भैरहवा



Spread the love

२० असोज, काठमाडौँ। एभरेस्ट प्रिमियर लिग(ईपीएल) क्रिकेट अन्तर्गत काठमाडौं किङ्स ११ लाई हराउँदै भैहरवा ग्लाडियटर्स क्वालिफायरमा पुगेको छ। आज भएको खेलमा काठमाडौं किङ्स इलेभेनलाई १६ रनले पराजित गर्दै भैरहवा दोस्रो क्वालिफायरमा पुगेको हो।

भैरहवाले दिएको एक सय ८९ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा एक सय ७२ रन जोड्यो। काठमाडौंका लागि आसन प्रियन्जनले ४८ बलमा ६८ रन जोडेपनि टोलीको हार टार्न सकेनन्।

त्यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ८८ रन जोडेको थियो।

भैरहवाको पालीमा शरद भेषावकरले २० बलमा ४९ रन जोडे। प्रदिप ऐरीले ३९, उपुल थारङ्गाले ३५ रन बनाए भने कुशल मल्लले ४ छक्कासहित २० बलमा ३२ रन जोडे।

उसले फाइनल पुग्न पोखरा राइनोजसँग भिड्ने छ। यसअघि नै चितवन टाइगर्स फाइनल पुगिसकेको छ।

प्रतिक्रिया दिनुहोस्