Logo

गुण्डा नाइके गणेश लामाको रिहाइको माग गर्दै काँग्रेसको मशाल जुुलुस, प्रहरीसँग झडप



Spread the love
फाइल तस्बिर

गुण्डा नाइके गणेश लामालाई लामाको रिहाइको माग गर्दै नेपाली काँग्रेस जिल्ला कार्य समिति काभ्रेले मशाल जुलुस निकालेको छ ।

लामाको रिहाइको माग गर्दै निकालेको जुलसलाई प्रहरीले रोक्ने प्रयास गर्दा झडप भएको हो । प्रहरीसँगको झडपमा घाइते हुनेहरुमा काभ्रे २ नम्बर क्षेत्रका क्षेत्रीय सभापति रमेश हुमागाई, अकोश कुमार श्रेष्ठ, महेश श्रेष्ठ, अनिल लामा, देभराज लामा लगायतका १२ जना रहेका छन् ।

हुमाइगाईको टाउकोमा चोट लागेको छ, अनिल लामाको हात भाचिएको छ । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला पार्टी सभापति मधु आर्चाय र उपसभापति अचुत पौडेलले जुलुसको नेतृत्व गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्