Logo

डिप्रेसनमा रहेका वायु सेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले गरे हाम्फालेर आत्महत्या



Spread the love

२१ असोज, काठमाडौं । नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले आत्महत्या गरेका छन् । बिहीबार काठमाडौं–७, बुलबुलेमा निर्माणाधीन घरबाट हाम्फाल्दा चतुर्वेदीको मृत्यु भएको हो ।

७४ वर्षीय चतुर्वेदी बिहान ७ बजे मर्निङ्वाक गएको बेला सो घरको चौंथो तलामा गएर हाम्फालेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ । चतुर्वेदी डिप्रेसनको शिकार रहेको प्रहरीको दाबी रहेको छ । तर, उनले किन हाम फाले भन्नेबारे खुलेको छैन ।

उनि नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुँदा भ्रष्टाचार गरेको आरोपमा दुई वर्ष जेल बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्