Logo

देशभर थप ८०५ जनामा कोरोना संक्रमण, ९११ निको भए



Spread the love

२१ असोज, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८०५ जना कोरोना संक्रमित भएका छन् । ७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार ४०८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै, २४ घण्टामा ९११ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्